कतारका राजदूतलाई पनि फिर्ता बोलाउने तयारी गर्दैछ नेपाल सरकार

बिमस्टेक बैठकलगत्तै संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिसहित भारत, मलेसिया र संयुक्त अरब इमिरेट्सका लागि नयाँ राजदूत नियुक्ति गर्ने र कतार, स्पेन, इजरायल, म्यानमार, बंगलादेश, जापान, दक्षिण कोरिया र ओमानका राजदूतहरुलाई फिर्ता बोलाउने तयारी भइरहेको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ ।

स्रोतका अनुसार पहिलो चरणमा हाल राजदूत खाली रहेका चार नियोगमा नियुक्ति गरेपछि केही विवादस्पद र अघिल्लो सरकारको राजनीतिक कोटामा गएका राजदूतहरुलाई फिर्ता बोलाउने तयारी पनि भइरहेको छ ।

श्रीलंकाका लागि नेपाली राजदूत डा.विश्वम्भर प्याकुरेल बाहेक कांग्रेस र राप्रपाको कोटाबाट राजदूत नियुक्त भएकाहरुलाई फिर्ता गर्ने परराष्ट्रको तयारी छ ।

फिर्ता बोलाउन लागिएका राजदूतहरुमा कतारका रमेश कोइराला, स्पेनका भरत रायमाझी, इजरायल निरञ्जन थापा, म्यानमारका भीम उदास, बंगलादेशका डा.चोपलाल भुसाल, दक्षिण कोरियाका अर्जुनजंगबहादुर सिंह छन् ।

[bs-quote quote=”नेपाल सरकारले कतारका राजदूत रमेश कोइरालालाई यसअघि नै फिर्ता बोलाउन लागेको थियो ।” style=”default” align=”left” author_name=”डा. रमेश प्रसाद कोइराला ” author_job=”कतारका लागि नेपाली राजदूत” author_avatar=”https://qnkhabar.comm/wp-content/uploads/2018/08/Ramesh-Prasad-Koirala-Amb.jpg”][/bs-quote]

 

 

पूर्वश्रममन्त्री तथा कांग्रेस नेता टेकवहादुर गुरुङका मेनपावरमा व्यवसायिक साझेदार रहेको आरोपमा सरकारले कतारका राजदूत रमेश कोइरालालाई फिर्ता बोलाउने प्रयास गरेको थियो । कोइरालासँगै अन्य केही राजदूतलाई पनि फिर्ता गर्ने तयारी भइरहेको र पहिले खाली रहेका नियोगमा नियुक्तिपछि मात्र विवादस्पद राजदूतलाई फिर्ता गरिने परराष्ट्र स्रोतले जनाएको छ । 

 

 

 

 

 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पहलमा सरकारले हालै राजदूत नियुक्तिसम्बन्धी नयाँ मापदण्ड बनाएको छ । अबको नियुक्ति सोही मापदण्डअनुसार हुने परराष्ट्रका अधिकारीहरुले बताएको समाचार मैले अन्लाईनखबर बाट लिएको हुँं । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button