अब अनलाइन मार्फत काम परिवर्तनको निवेदन दिन पाउने


कतारमा नयाँ नियम अन्र्तगत काम परिवर्तन गर्न इच्छुक आप्रवाशी कामदारहरुको लागी अनलाईन माफर्त आवेदन दिन प्रशासनिक विकाश,श्रम तथा सामाजिक मामिला मन्त्रालयले आफ्नो वेबसाइटमा लिंक अपडेट गरेको छ । निवेदकले “काम परिवर्तन” र कतार छोड्न चाहिने “गमन पत्र” को लागी  Notice e-service शीर्षक मार्फत आफ्नो कतारी आईडी र मोबाईल नम्बर हालेर निवेदन दिन सक्नेछन् ।

नँया नियम अनुसार रोजगार दाताले एउटै देशको नागरिक,लिंग र पेसाको पदका लागी अनुमोदन ल्याएको खण्डमा मात्र कुनै आप्रवासीले रोजगार परिवर्तन गर्न सक्नेछन् जस्तै एक नेपाली पुरुष ड्राइभरले छाडेर गएको कम्पनीमा जागीर खोलिएको छ भने त्यहाँ भर्ना हुने नँया व्यक्ति पनि नेपाली पुरुष ड्राइभर नै हुनुपर्नेछ । यस्तोमा जागिर परिवर्तन गर्न चाहने अवधि तोकिएको करार अन्र्तगतका कामदारले आफ्नो साबिकको रोजगारदाता संगको करार सकिनु एक महिना अगावै आफु कार्यरत कम्पनीमा खबर र मन्त्रालयमा निवेदन दिनुपर्नेछ भने कामदार कुनै अपराधिक कृयाकलापमा संम्लग्न रहेको हुनुहुदैन ।

अनिश्चितकालीन करारमा कार्यरत कामदारले भने आफूले काम गर्न थालेको पाँच वर्ष पूरा गरेपछि मात्रै जागिर परिवर्तनको लागी निवेदन दिन सक्नेछ । यसमा पनि निवेदन अवधि एक महिनाको हुनेछ । कामदारको सेवा अवधि पाँच वर्षभन्दा बढी भइसकेको खण्डमा आवेदन दिने अवधि ६० दिन तोकिएको छ ।

वेबसाईट का लागि यहाँ क्लिक गर्न सक्नु हुनेछ : http://e-notice.adlsa.gov.qa/

साथै आवेदन र स्वीकृतीहरु प्रशासनिक विकास,श्रम तथा सामाजिक मामिला मन्त्रालयद्धारा घोषित सर्तबमोजिम हुनेछ, केही कठिनाई वा प्राविधिक समस्या भएमा email : e-notice@adlsa.gov.qa | Tel : +974 40288888 मा सम्पर्क गर्न सक्नुहुनेछ ।

अरु धेरै  समाचारका लागि तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोश ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button