एसियाली खेलकुद : साेमबहादुरले २३ वर्ष पुरानो रेकर्ड तोडे

इण्डोनेसियामा जारी १८औं एसियाली खेलकुद अन्तर्गत एथ्लेटिक्सको पुरुष ८०० मिटर दौडमा नेपालका सोमबहादुर कुमालले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
सोमबार साँझ सम्पन्न स्वर्धामा उनले ८०० मिटर दौडमा १ मिनेट ५०.२५सेकेण्डको टाइमिङ निकाल्दै २३ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोड्न सफल भए । यद्यपि उनी हिट चरणबाट माथि जान सकेनन् । उनी हिट थ्रीको चौथो स्थानमा रहे भने समग्रमा १३औं भए ।
यसअघि सन् १९९५ को मद्रास साग गेम्समा धनीराम चौधरीले बनाएको १ मिनेट ५०.६० सेकेण्डको कीर्तिमान तोड्दै कुमालले नयाँ कीर्तिमान बनाएका हुन् ।