बिज्ञापन

एशियाडः प्याराग्लाइडिङमा नेपाललाई रजत पदक

इण्डोनेसियाको जाकार्तामा जारी १८औं एसियाली खेलकुद अन्तर्गत प्याराग्लाइडिङतर्फ नेपालले रजत पदक जितेको छ ।

प्याराग्लाइडिङको उत्कृष्ट प्रदर्शनले नेपाल यसपटक एसियाली खेलकुदमा पदकविहीन हुनु परेन । पदकको आशा गरिएका अन्य खेलहरुले अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा प्याराग्लाइडिङले भने पुरुष टिम क्रसकन्ट्रीमा रजत पदक जित्न सफल भएको छ ।

बुधबार पाँचौं तथा अन्तिम चरणको खेल प्रतिकुल मौसमका कारण प्रभावित भएको थियो । यस स्पर्धाको स्वर्ण जापानले जितेको छ ।

अंकको आधारमा नेपाल पछि परेको हो । नेपाल जापानभन्दा मात्र २७ अंकले पछि परेपछि स्वर्णको सुनौलो अवसरबाट बञ्चित भएको हो । २५ किलोमिटरको टाक्स घटाएर साढे १२ किलोमिटरमा झारिएको थियो । इण्डोनेसियाको जाकार्तामा जारी १८औं एसियाली खेलकुद अन्तर्गत प्याराग्लाइडिङतर्फ नेपालले रजत पदक जितेको छ ।

प्याराग्लाइडिङको उत्कृष्ट प्रदर्शनले नेपाल यसपटक एसियाली खेलकुदमा पदकबिहीन हुनु परेन । पदकको आशा गरिएका अन्य खेलहरुले अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा प्याराग्लाइडिङले भने पुरुष टिम क्रसकन्ट्रीमा रजत पदक जित्न सफल भएको छ ।

बुधबार पाँचौं तथा अन्तिम चरणको खेल प्रतिकुल मौसमका कारण प्रभावित भएको थियो । यस स्पर्धाको स्वर्ण जापानले जित्यो । अंकको आधारमा नेपाल पछि परेको हो । नेपाल जापानभन्दा मात्र २७ अंकले पछि परेपछि स्वर्णको सुनौलो अवसरबाट वञ्चित भएको हो । २५ किलोमिटरको टास्क घटाएर साढे १२ किलोमिटरमा झारिएको थियो ।

जहाँ नेपालका सबै पाइलटहरुले टास्क पूरा गरे भने नेपालभन्दा अगाडि रहेको जापानका तीन पाइलटले मात्र टास्क पूरा गरे । प्याराग्लाइडिङको टिम क्रसकन्ट्रीमा पाँच खेलाडी हुन्छन् । प्रत्येकले १००० पूर्णांक रहेको २५ किलोमिटरको टास्क पूरा गर्नुपर्छ । जसअनुसार चौथो चरणको खेलसम्म नेपाल दोस्रो स्थानमा आएको थियो ।

जसमा पहिलो भएको जापानको १२३९१ अंक आयो भने नेपालको ११३६४ अंक आयो ।

त्यसअघिका तीन चरणको टास्क सकिँदा नेपाल चौथो स्थानमा थियो । तर, चौथो चरणमा तीन पाइलटले रेस पूरा गरेका कारण नेपालले वरीयतामा फड्को मारेको हो । जारी एसियाली खेलकुदमा नेपालको यो पहिलो पदक हो भने एसियाली खेलकुदको इतिहासमै दोस्रो रजत पदक हो ।

यसअघि नेपाली तेक्वान्दो खेलाडी सरिता राजभण्डारीले १९९८ को बैंकक एसियाडमा रजत जितेकी थिइन् । नेपालले अहिलेसम्म एसियाली खेलकुदमा जितेको पदक संख्या २३ पुगेको छ । यसअघि नेपालले पदकको आशा गरिएका खेलाडीहरु कराते, तेक्वान्दो, बक्सिङ लगायतका खेलमा नेपालको प्रदर्शन सन्तोषजनक भएको थिएन ।

प्याराग्लाइडिङमा पुरुषतर्फ नेपालका पाँच खेलाडी छन् । टिमको नेतृत्व अनुभवी पाइलट बिमल अधिकारीले गरेका छन् भने युकेश गुरुङ, विजय गौतम, सुशील गुरुङ र विशाल थापा छन् । यसअघि नेपाली टोलीले एक्यूरेसी विधामा भने पदक जित्न असफल भएको थियो ।  – NarayaniOnline

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button