सुपर पेट्रोलको भाउ बढ्यो

सेप्टेम्बर महिनामा सुपर पेट्रोलको भाउ बढ्ने भएको छ। भोलि सेप्टेम्बर १ तारिख शनिबार बार लागू हुने गरि सुपर पेट्रोलको भाउमा ५ दिरहामले वृद्धि हुन लागेको हो। प्रीमियम पेट्रोल र डिजल भने पुरानै भाउमा यथावत रहनेछ।

भाउ बढे सँगै अब सुपर पेट्रोल २.१०,प्रीमियम पेट्रोल २.०० र डिजल १.०५ रियाल प्रतिलिटर पर्ने कतार पेट्रोलियमले  जनाएको छ।

सन् २०१६ को मे महिना देखि विश्व बजारको प्रतिकृया अनुसार कतारमा तेलको भाउ घटबढ हुने सरकारले निर्णय गरेको थियो । त्यसका लागी हरेक महिना सरकारी प्रतिनिधिहरुबाट समिती गठन गरी कतारमा तेलको भाउको समिक्षा गर्ने गरिन्छ । यो संगै कतारमा तेलको भाउ बढेको दसौं पटक हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button