यतीको जहाज धावनमार्गमा चिप्लिँदा विमानस्थल बन्द

काठमाडौं – यती एयरलाइन्सको जहाज धावनमार्गमा चिप्लिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबार बेलुकी ८ः३० बजेदेखि बन्द भएको छ । नेपालगन्जबाट २१ जना यात्रु बोकेर काठमाडौं आइपुगेको यती एयरलाइन्सको जेट स्ट्रीम विमान धावनमार्गमा चिप्लिएको हो ।
विमानस्थल कार्यालयका अनुसार विमानमा रहेका ५ जना यात्रुलाई सामान्य चोट लागेको छ । धावनमार्गमा चिप्लिँदा विमानको पाङ्ग्रा भाँच्चिएको छ । विमान धावनमार्गमै रहेकाले विमानस्थलबाट उडान र अवतरण हुन सकेको छैन ।
बाहिरबाट आएका जहाजमध्ये केहीलाई डाइभर्ट गरिएको छ भने केही आकाशमै होल्ड भएका छन् । विमानलाई तानेर पार्किङमा ल्याउने कोसिस भैरहेको विमानस्थल कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो