भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी काठमाडौंबाट ल्हासा प्रस्थान

काठमाडौं – भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी काठमाडौंबाट ल्हासातर्फ प्रस्थान गर्नुभएको छ ।
धार्मिक यात्राका लागि मानसरोवर जाने क्रममा शुक्रबार काठमाडाैं आउनुभएका अध्यक्ष गान्धी एयर चाइनाको उडानबाट आज दिउँसो ल्हासा प्रस्थान गर्नुभएको सुरक्षा स्रोतबाट थाहा भएको छ ।
काठमाडाँैमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि वङ्गाल खाडीको प्रयास(बिमस्टेक)को शिखर सम्मेलन चलिरहेको बेला गान्धी काठमाडौंमा आइपुग्नुभएको थियो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतका प्रमुख प्रतिपक्षी दलका अध्यक्ष गान्धी काठमाडौं एकै समय रहनुलाई एउटा संयोगकै रुपमा हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो