दोहा विश्वकै दोस्रो सुरक्षित सहर

कम अपराधको दर कायम गर्दै विश्व सुरक्षा स्थितिको आधारमा कतारको दोहा सहर दोस्रो सुरक्षित राष्ट्र बन्न सफल भएको छ ।
ग्लोबल क्राइम इन्डेक्स (नम्बिवो) ले ४१३ सहरमा गरेको वार्षिक प्रदिवेदन अनुसार कतार विश्व वरीयतामा ८७.९६ अङ्कका साथ दोस्रो स्थानमा परेको छ । रिपोर्ट अनुसार कतारको अपराध दर १२.४ रहेको छ ।
नम्बिवोले गरेको तथ्यांकअनुसार सुरक्षित सहरको प्रथम स्थानमा भने युएईको दुबई सहर परेको छ । दुबई संगै शीर्ष १० सुरक्षित शहरहरूमा ताइपे, क्युबेक सिटी,ज्यूरिख, शारजाह,एस्किसेहिर,म्युनिक र ट्रिस्टे समावेश छ ।
यसअघि कतार सन् २०१५ मा नवौ,२०१६ मा सातौ ,२०१७ , २०१९ र २०२० मा पहिलो,२०१८ मा दोस्रो सुरक्षित राष्ट्र बनेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो