सवारी जरिवानामा परेको शंका लाग्यो ? यसरी हेर्नुहोस्

कतारमा ट्राफिक नियम कडा हुनुका साथै जरिवाना पनि उत्तिकै चर्को छ। दुर्घटना न्यूनिकरण गर्न अझ ट्राफिक विभागले दैनिक रुपमा देशको विभिन्न स्थानमा राडार पनि जडान गर्दै आइरहेको छ। त्यसैले नियम पूर्वक सवारी चलाउँदा नै आफ्नो ज्यान र पैसा जोगाउन सकिन्छ। तर कहिलेकाहीँ सानो गल्ती गर्दा वा नजानेरै पनि जरिवानामा पर्न सकिन्छ। कहिले काँही होकी/होइन भनेर शंका पनि लाग्न सक्छ। यस्तो अवस्थामा आफ्नो सवारी जरिवानामा परेको हो/होइन भनेर निश्चित हुन यसरी हेर्न सकिन्छ।

ट्राफिक नियम उल्लंघनको प्रकार र जरिवाना शुल्क हेर्न यहाँ थिच्नुहोस्। 

जरिवानामा परेको कसरी हेर्ने ?

  • आन्तरिक मन्त्रालयको वेबसाइट www.moi.gov.qa अथवा मेट्राश २ एप्पमा जानुहोस्।
  • अङ्ग्रेजी भाषा छान्नुहोस्। inquiries मा थिच्नुहोस्। 
  • Traffic inquiries (ट्राफिकको बत्ती) मा थिच्नुहोस्।
  • traffic violations मा थिच्नुहोस्।
  • आफ्नो सवारीको नम्बर प्लेट हालेर submit गर्नुहोस्।

 नोट : नम्बर प्लेट हालेर जानकारी आएन भने आफ्नो कम्पनीको र आफ्नो आईडी नम्बर हालेर हेर्नुहोला। 

जरिवाना कसरी तिर्ने ?

ट्राफिक जरिवाना दुई किसिमले तिर्न सकिन्छ। मादिनात खलीफा स्थित ट्राफिक कार्यालय गएर वा अनलाईन मार्फत । अनलाइन मार्फत मेट्राश २ एप्प वा हुकुमी कतारको वेबसाइट hukoomi.qa मा गएर डेबिट / क्रेडिट कार्डको प्रयोग गरी तिर्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button