विश्वकप २०२२ को लागि स्वयंसेवकको दर्ता लिन सुरु

कतारमा विश्वकप आयोजना गर्न पूर्वाधार निर्माणको जिम्मा लिएको सुप्रीम कमिटी फर डेलिभरी एण्ड लिगेसी (एससी) ले स्वयंसेवकको लागि दर्ता लिन सुरु गरेको छ। समितिले यसरी १४००० देखि १६००० सम्म स्वयंसेवक भर्ती गर्ने लक्ष्य राखेको छ।

दर्ता १६ वर्ष भन्दा माथिका कतारी,खाडी नागरिक लगायत विश्वभरका नागरिकहरुको लागि खुला गरिएको छ। इच्छुकहरुले www.seeyouin2022.qa वेबसाइटमा गई दर्ता गर्न सक्नेछन्। 

दर्ता अाज बाट कतारले २०२२ फिफा विश्वकपको लागि गर्ने तयारी अवधि सम्म खुला रहनेछ। सम्बन्धित क्षेत्रमा अनुभव भएका नभएका स्वयंसेवकले आफ्नो दक्षता विकास गर्न तथा सो समारोह सफल पार्न कतारलाई सहयोग गर्ने मौका पाउने समितिले बताएको छ। 

यहाँ बाट रजिस्टर गर्नुहोस् । : https://www.sc.qa/en/opportunities/volunteer

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button