कतार विश्वकप स्वयंसेवकका लागि ८८ हजार बढीले दर्ता गरे

कतारले आयोजना गर्ने २०२२ फिफा विश्वकप तयारीमा सहयोग गर्न ८८ हजार भन्दा बढीले स्वयंसेवकका लागि आफ्नो नाम दर्ता गरेको आजको गल्फ टाइम्सले लेखेको छ।
हिजो राती सम्म दिइएको वेबसाइट मार्फत ८८ हजार ३ सय ५९ जनाले नाम दर्ता गरेका छन्।
विश्वकप आयोजना गर्न पूर्वाधार निर्माणको जिम्मा लिएको सुप्रीम कमिटी फर डेलिभरी एण्ड लेगेसीले सो समारोहको तयारीको लागि आईतबार बाट स्वयंसेवक दर्ताको आवहान गरेको थियो। समितिले विश्वकप आयोजनामा १४ देखि १६ हजार स्वयंसेवक को खाँचो पर्ने अनुमान गरेको छ।