कतार छोड्न अब एग्जीट परमिट नचाहिने

श्रम कानून अन्तर्गत काम गर्ने आप्रवासी कामदारहरूलाई आफ्नो काम करार अवधिभर बिदामा वा स्थायी रुपमा कतार छोड्न अब गमन पत्र नचाहिने भएको छ। अमिर शेख तमिम विन हमाद अल थानीले आज आप्रवासी कामदारको प्रवेश,गमन तथा आवास प्रावधान रहेको २०१५ को श्रम कानून नम्बर २१ लाई केही परिमार्जित गर्दै २०१८ को कानून नम्बर १३ जारी गर्नुभएपछि गमन पत्रको आवश्यकता खारेज भएको हो।
जारी नयाँ कानून अनुसार कामदारलाई देश छोड्न नदिने कम्पनी वा मालिकले कामदारको नाम,कामको अवस्था तथा स्पष्टिकरण सहित प्रशासनिक विकास,श्रम तथा सामाजिक मामिला मन्त्रालय बाट स्वीकृति लिनु पर्नेछ। त्यस्तै यो कम्पनीको पुरा कार्यबल मध्ये ५ प्रतिशत भन्दा बढी हुन पाउने छैन ।
कतार छोड्न कम्पनीले रोके वा कुनै पनि कारणले देश छोड्न नपाउने कामदारले गमन पत्र उजुरी केन्द्रमा निवेदन दिन पाउनेछन्। केन्द्रले तीन दिन भित्र घर फर्कने प्रक्रिया पूरा गर्नेछ। श्रम कानून अन्तर्गत नपर्ने कामदारहरुको भने कतार छोड्न लाग्ने प्रक्रिया बारे मन्त्रालयले निर्णय लिनेछ ।
[bs-quote quote=”कतारमा कार्यरत सम्पूर्ण आप्रवासी कामदारको हक अधिकार सुनिश्चित गर्नका लागि यो नयाँ कानून हाम्रो अर्को निरन्तर प्रयास हो ! ” style=”style-2″ align=”center” author_name=” डा. ईसा साद अल जफाली अल नुआइमी” author_job=”प्रशासनिक विकास श्रम तथा सामाजिक मामिला मन्त्री” author_avatar=”https://qnkhabar.comm/wp-content/uploads/2018/09/Minister-6.jpg”][/bs-quote]आईएलओले स्वागत गर्यो
कामदारको जीवनमा सकारात्मक प्रभाव पार्न कतारले अधिनियम गरेको कानून नम्बर १३ लाई अन्तराष्ट्रिय श्रम संगठन(आईएलओ) ले स्वागत गरेको छ। गमन पत्रको दबाब हटाउन चालिएको नयाँ कदमले श्रम सुधार प्रति कतार सरकारको गहिरो लगाव रहेको पुष्टि हुन्छ। आईएलओले आगामी दिनमा कतार सरकार संग अझ नजिक बाट मिलेर काम गर्नेछ,’ संगठनको प्रोजेक्ट प्रमुख हौतान होमाउन्पौर ले बताएका छन्।