पैदलयात्री बाटो काट्ने स्थानमा राडार जडान गरिने

सडक क्षेत्रको सुरक्षार्थ ट्राफिक विभागले पैदलयात्री बाटो काट्ने स्थानमा राडार जडान गर्ने भएको छ । यसअघि सवारी नियम उल्लंघन गर्न नदिन प्रमुख सडकखण्डमा मात्रै राडार जडान गरिँदै आएको छ ।
हिजो विभागको मुख्यालयमा आयोजित दुर्घटना रहित क्याम्पिङ नामका सेमिनारमा पत्रकारहरु सँग बोल्दै प्रमुख अल खर्जिले पहिलेको तुलनामा दुर्घटना तथ्यांकमा कमी आएपनि विभागले ट्राफिक नियमको जनचेतना फैलाउन निरन्तर लागिपरेको बताएका छन् ।

विभागको सहकार्यमा ट्राफिक महाशाखाले गएको अगस्ट १ तारिक देखी लागु हुने गरी १००,२०० र ५०० रियाल सम्म जरिवानाको बारेमा जानकारी गराएको थियो।
सडक दुर्घटनामा जथाभावी बाटो काट्ने प्रवृत्ति पनि प्रमुख कारक मान्दै ट्राफिक प्रहरी महाशाखाले यो नियमलाई कडाइका साथ लागू गर्ने भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो