अनुमति नै नभई नेपाली आकाशमा प्रवेश गर्ने थाई एयर एसियाको प्रतिबन्ध फुकुवा

काठमाडौँ, कात्तिक १५-

अनुमति नै नभई नेपाली आकाशमा प्रवेश गर्ने थाई एयर एसियामाथि लगाइएको प्रतिबन्ध तीन दिनमै फुकुवा भएको छ । अनुमति नै नलिई बैंककबाट काठमाडौँ आएको उक्त विमानलाई प्राधिकरणले अनिश्चितकालका लागि रोक लगाएको थियो । तर, एयरवेजले माफी मागेको भन्दै प्राधिकरणले प्रतिबन्ध फुकुवा गरेको हो । योसँगै यसको जीएसटीको रूपमा रहेको युनिभर्सल ट्राभल्सको अनुमति पनि सुचारु भएको छ ।

एयरवेजलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) मा समेत उडान गर्नेगरी अनुमति दिइएको हो । यसअघि भैरहवा जाने प्रतिवद्धता जनाए पनि त्यहाँ उडान गर्न मानिरहेको थिएन । अब भने भैरहवामा समेत उडान गर्न एयरलाइन्स सहमत भएको छ । उक्त एयरलाइन्सले विन्टर सिजन अन्तर्गत उडान सुरु गर्नेछ । आगामी आइतबारदेखि सुरु हुने उडान मार्चसम्म कायम रहनेछ । थाईले काठमाडौँमा साताको चार दिन आइतबार, सोमबार, बिहीबार र शुक्रबार गरी चार र भैरहवामा आइतबार र शुक्रबार गरी दुई उडान गर्नेछ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button