कुन कुन अवस्थामा फेरि कतार आउन पाइन्छ ?

रोजगारीका लागि कतार गई विभिन्न अवस्थामा नेपाल फर्किएका कामदारहरु पुनः कतार फर्कन पाउने प्रावधानहरु यस्तो छ :

 

१. करार अवधि सकेर फर्किएका 

करार अवधि सकेर भिसा क्यान्सिल गरेर (फिनिसमा) गएका कामदार जुनसुकै बेला पुनः कतार फर्कन पाउँछन्। तर करार अवधि सकिएर फर्किएका तर भिसा क्यान्सिल नागरिकहरु भने भिसाको अवधि सकिएपछि मात्र कामका लागि पुनः कतार आउन सक्नेछन्।

२. करार अवधि नसकिँदै फर्किएका

कम्पनी बन्द भएर वा अन्य कुनै कारणले भिसा क्यान्सिल गरेर गएमा जुनसुकै  समयमा पुनः कतार आउन सक्दछन् तर भिसा क्यान्सिल नगरेकाहरु भिसाको अवधि सकिएपछि मात्र आउन सक्नेछन्।

३. विदामा नेपाल गएर नफर्किएका

विदामा गएका कामदार ६ महिना भित्र कतार फर्किसक्नुपर्छ। त्यो भन्दा बढी नेपालमा बसेको तर भिसाको अवधि बाकी रहेको खण्डमा रोजगारदाताले अनुमति दिएका १ वर्ष भित्र कतार आउन पाउनेछन्। अन्यथा भिसा सकिएपछि मात्र आउन सक्नेछन्।

४. सजाय भोगेर फर्किएका

सामान्य सजाय भोगेर फर्किएका तर कतार सरकारले डिपोर्ट नगरेको वा ब्ल्याक लिस्टमा राखेको छैन भने पुनः रोजगारको लागि कतार आउन पाउँछन्। तर डिपोर्ट वा ब्ल्याक लिस्टमा परेकाहरू ४ वर्ष पछि मात्र कतार आउन पाउनेछन्।

५. आममाफी बाट सहभागी भएर फर्किएका

कतार सरकारले हाल सम्म आव्हान गरेको आममाफी मा सहभागी भएर नेपाल फर्किएका कामदारहरु कुनै पनि समयमा पुनः रोजगारीको लागि प्रक्रिया पूरा गरेर कतार आउन पाउनेछन्।

६. ओभरस्टे भएर फर्किएका

आवश्यक कानुनी प्रक्रिया पूरा गरेर नेपाल फर्किएका कामदारहरु जुनसुकै बेला रोजगारीको लागि कतार आउन पाउनेछन्।

नोट : जघन्य अपराध गरेकाहरुको लागि भने यी अवस्थाहरू लागू हुने छैन। 

सेन्टर फर माईग्रेसन एण्ड इन्टरनेशनल रिलेशनन्सको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button