‘फिफा विश्वकप २०२२’ को लोगो भएको विमान सार्वजनिक

कतार एयरवेजले फिफा विश्वकप २०२२ को लोगो भएको विमान सार्वजनिक गरेको छ । प्रतियोगिताका लागि फिफाको आधिकारिक पार्टनर तथा एयरलाइन्स रहेको कतार एयरवेजले हिजो बोइङ ७७७ विमानमा विश्वकपको लोगो सार्वजनिक गरेको हो । कतारले आयोजना गर्ने २०२२ विश्वकप सुरु हुन आज बाट ठिक दुई वर्षको समय बाँकी रहेको छ ।

“फिफासँगको हाम्रो साझेदारी र कतार विश्वकप २०२२ को आयोजकको रूपमा लोगो भएको विमानलाई सार्वजनिक गर्दा उत्साहित छौं । फिफाको आधिकारिक साझेदारीको रूपमा विश्वलाई हाम्रो सुन्दर देशमा अबको दुई वर्षमा स्वागत गर्न थपिएको उत्साह हामीले महशुस गरिरहेको छौं,” कतार एयरवेज समूहका प्रमुख अकबेर अल बेकरले बताएका छन् ।

२०२१ मार्च सम्ममा १२५ वटा गन्तव्य पुग्ने लक्ष्य राखेको कतार एयरवेजले आगामी दिनमा लोगो भएको थप विमान सार्वजनिक गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button