कतारले जर्मनीमा १० बिलियन युरो लगानी गर्ने

कतारले जर्मनीमा १० बिलियन युरो लगानी गर्ने भएको छ। अमिर शेख तमिम विन हमाद अल थानीले हिजो नवौं कतार जर्मन व्यवसाय तथा लगानी फोरमको उद्दघाटन समारोहमा उक्त घोषणा गर्नुभएको हो। समारोहमा जर्मनी चान्सेलर एन्जेला मर्केल,मेयर माइकल मुलर सँगै कतार र जर्मनी प्रतिनिधित्व टोली लगायतको सहभागिता रहेको थियो।
 
‘ जर्मनमा निजी कतारी व्यवसायको वातावरण बनाउन निजी क्षेत्रलाई यसै फोरम बाट आव्हान गर्दछौ,”समारोहमा अमिरले बताउनुभयो।
त्यस्तै सफलता पूर्वक सम्पन्न कतार जर्मन व्यवसाय तथा लगानी फोरमले कतार र जर्मन बीचको सहकार्य नयाँ चरणमा पुगेको छ। यसले दुई देश बीचको आर्थिक विकासको लगानीमा सयौं अवसरहरू सिर्जना गर्नेछ।,”अमिरले ट्वीटमा लेख्नुभएको छ।

 यो सँगै जर्मनमा कतारी लगानी २५ बिलियन युरो भन्दा माथि हुने भएको छ। लगानी प्रमुख परियोजना जस्तै अटोमोबाइल,सूचना प्रविधि तथा बैंकिङ क्षेत्रमा समर्पित हुनेछ। 

दुई देश बीचको फोरम समारोहको समापन सँगै अमिर हिजै कतार फर्कनुभएको छ। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button