डा.गोविन्द केसीलाई पक्राउ आदेश जारी

प्रधानन्याधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबार आमरण अनसन सुरु गरेका त्रिवि शिक्षण अस्पतालका प्रध्यापक डा. गोविन्द केसीविरुद्ध सर्वोच्च अदालतले पक्राउ आदेश जारी गरेको छ ।
न्यायाधीश डम्बरबहादुर शाहीको इजलासले डा. केसीलाई भोलि विहान ९ बजे उपस्थित गराउन प्रहरीलाई भनेको छ ।
केसीले आजबाटैमात्रै १४ औं अनशन सुरु गरेका हुन्। त्यसक्रममा उनले अदालत न्यायको किनबेच गर्ने ठाउँ भएको र पराजुली माफियाको डन भएको बताएका थिए ।
के भन्छन् पक्राउ पुर्जीपछि डाक्टर केसी ?
न्यायाधीश डम्बरबहादुर शाहीको इजलासले डा. केसीलाई भोलि विहान ९ बजे उपस्थित गराउने निर्णय गरेता पनि आफ्नो अडान यथावत रहने बताएका छन्।
‘जसको कुनै मान नै छैन उनको विरुद्धमा अनशन बस्न के को मानहानी,अदालतले हदैसम्म गरे जेल हाल्ने हो, ‘म त्यही जेलभित्रै गएर अनशन बस्छु” डाक्टर केसीले भने, ‘अदालतको प्रधान न्यायाधीश भ्रष्टहरुको पक्षमा फैसला गर्दै हिड्छन्। मलाई मेरो निर्णयमा कुनै पछुतो छैन।’
बिज्ञापन : कतारमा छक्का पन्जा २
