बिज्ञापन

कतारमा कोरोना : मृत्यु हुनेको संख्या अझै रोकिएन

स्वास्थ्य मन्त्रालयले बिहीबार ५५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र १,१६५ जनालाई निको भएको जानकारी दिएको छ । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,०२,११० पुगेको छ ।

भाइरसको कारण आज पनि ४ जनाको ज्यान पनि गएको छ । संक्रमितकाे संख्या घट्दै गएपनी केही दिन यतादेखि मृत्यु हुनेको संख्या बढीरहेको छ । स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार  पछिल्लो २४ घण्टामा ४,५६८ जनालाई परिक्षण गरिएको थियो ।

कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या १४२ रहेको छ र निको हुनेको संख्या ९७,२७२ पुगेको छ । सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।

गएको २४ घण्टा भित्रकाे तथ्यांक  

अस्पताल भर्ना भएका – ४८ जना

अस्पतालमा उपचार भैरहेका जम्मा – ७०० जना

आईसीयुमा भर्ना भएका – ४ जना

आईसीयुमा उपचार भैरहेका जम्मा – १४५ जना

आज सम्म जाँच भएको संख्या – ४,००७६७ जना

निको हुन बाँकीको संख्या : ४,६९६  जना

कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

भाइरस जाँच्न हुने मुख्य चार स्थानहरु :

१. मुऐथर हेल्थ सेन्टर

२. रव्दत अल खेल हेल्थ सेन्टर

३. उम स्लाल हेल्थ सेन्टर

४. अल घराफा हेल्थ सेन्टर

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button