पहिलो चरणमा विदेशमा अलपत्र परेका २५ हजारलाई नेपाल लगिदै, थाहा पाउनुपर्ने कुरा हरु

नेपाल सरकारले विदेशमा अलपत्र नेपालीलाई प्राथमिकतामा आधारमा उद्धार गरी स्वदेश फिर्ता ल्याउने भएको छ । सरकारले विदेशमा अलपत्र २५ हजार नेपालीलाई आगामी सातादेखि उद्धार गरी स्वदेश फिर्ता गर्ने कार्य सुरु गर्ने भएको हो ।

स्वदेश फर्कन चाहने विभिन्न देशमा रहेका नागरिकको विवरण १० दिनभित्र संकलन गर्ने जिम्मेवारी परराष्ट्र मन्त्रालयलाई दिइएको छ ।

कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले अलपत्र नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फिर्ता गर्ने निर्णय गरेको हो । तर  स्वदेश फर्कन चाहनेले फर्कदा लाग्ने लाग्ने खर्च आफैं व्यहोर्नु पर्नेछ ।

जस्तै जहाजको भाडा,क्वारेन्टिनमा बस्दा लाग्ने खर्च आफैं तिर्नुपर्ने हुन्छ ।

के हुन्छ नेपाल पुगे पछी ?

यस्तै, काठमाडौं विमानस्थलमा पुगेपछि उनीहरूलाई होटलमा राखिनेछ। होटलहरूको मेनु र शुल्क नेपाल सरकारले तय गर्नेछ। फर्केकाहरूले भने आफ्नो क्षमताअनुसार होटल छान्न पाउनेछन् ।  र, त्यसको खर्च पनि उनीहरुले नै व्यहोर्नुपर्नेछ ।

होटलमा राखिएकाहरुको स्वास्थ्य परीक्षण गरिनेछ । जसमा कोरोना संक्रमण देखिन्न, तिनीहरुलाई बसमार्फत उनीहरुको घर रहेको क्षेत्रमा पुर्याइनेछ । त्यसपछि उनीहरुले स्थानीय तहले बनाएको क्वारेन्टिनमा १४ दिनसम्म बस्नुपर्नेछ ।

आँफैले खर्च गर्न नसके ?

विदेशमा खर्च नभएर अलपत्र परेका तथा आममाफी पाएर आएका कामदारहरूलाई भने सरकारले खाना सुविधा दिने भएको छ।

कुवेतलगायतका खाडी मुलुकहरूले आममाफी पाएका कामदारहरूलाई आफैँले नेपालसम्म ल्याइदिने जानकारी दिइसकेका छन्।त्यस्ता व्यक्तिहरूसँग खर्च नभएको अवस्थामा उनीहरूलाई स्थानीय तहहरूले बनाएका क्वारन्टीनमा राखिनेछ।

त्यसरी क्वारन्टीनमा बस्दा उनीहरूले दैनिक सुरक्षाकर्मीले पाउने सरहको खाना खर्च पाउने छन्। हाल सुरक्षाकर्मीले दैनिक १७५ रुपैयाँ यस्तो खर्च पाउने गरेका छन्। यो दुर्गममा ढुवानी खर्चका आधारमा केही बढी पनि रहेको छ।

दुर्गम क्षेत्रका नेपालीका हकमा सोही अनुसार सुविधा दिइने बताइएको छ। यो रकम सिधै पालिकाहरूलाई उपलब्ध गराइने र त्यसले खाना खर्च नपुग्ने अवस्था आएमा पालिकाहरूले आफ्नो कोषबाट रकम थप्नुपर्ने व्यवस्था गरिएको छ।

को-को पर्छन त प्राथमिकतामा ?

सम्बन्धित मुलुकमा विविध कारणले सजाय तोकिएर माफी पाएका नेपालीहरु, डिटेन्सन सेन्टरमा रहेका र नेपाल जान अनुमति पाएका व्यक्तिहरु, जुनसुकै कारणले बहिर्गमन भिसामा रहेका व्यक्तिहरु, आफन्तको मृत्यु भई काजकिरियाका लागि नेपाल जानपर्ने व्यक्तिहरु, श्रम करार अन्त भएका वा रोजगारी गुमाएका व्यक्तिहरु, कोभिडबाहेक अन्य कारणबाट गम्भीर स्वास्थ्य अवस्थामा रहेका, सुत्केरी तथा गर्भवती महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, सरकारी सेवामा रही अध्ययन वा तालिममा विदेश रहेर अड्किएका व्यक्ति, अध्ययन समाप्त भएका विद्यार्थीहरु, नेपाल जानुपर्ने अवस्थामा रहेका अध्ययनरत विद्यार्थीहरु, पारिवारिक पुनरमिलनका लागि गएका र फर्किने अवस्थामा रहेका व्यक्ति, कम्पनीबाट रोजगारीसहित अनिवार्य विदामा रहेका व्यक्ति, अन्तराष्ट्रिय संघसंस्थामा कार्यरत रहेर नेपाल जानुपर्ने अवस्थामा रहेका व्यक्ति, पर्यटक तथा व्यापारिक भिसामा गएर रोकिएका व्यक्तिहरु

के गर्नु पर्ला त नेपाल फर्किन ?
नेपाल फर्किन चाहनेहरुले सम्बन्धित मुलुकमा रहेका नेपालको कुटनीतिक नियोग तथा दूताबासमा आवेदन दिनुपर्नेछ ।

कतारमा रहनेले के गर्ने, कसरी आवेदन दिने वा कस्लाई सम्पर्क गर्ने ?
कतारमा रहने नेपालीले अबु हमुर र एन खालिद बिच रहेको नेपाली राज्दूतवासमा सम्पर्क गर्ने ।  तपाईंले फोन, ईमेल फेसबूक पेजमा मेसेज पठाइ पनि सम्पर्क गर्न सक्नुहुन्छ त्यस्तै राज्दूतवासको व्हाट्सएप नम्बरमा भोइस रेकर्ड गरेपनी आफ्नो सन्देश राख्न सकिनेछ । सबै भन्दा उपयुक्त भने राज्दूतवासले हालै जारी गरेको फारम भर्नुनै हुन्छ ।

फारम भर्नका लागि यहाँ क्लिक गर्नुहोस्

फारममा उल्लेखित विवरण भरिसकेपछि सोही फारामको अन्तिममा रहेको Submit बटनमा थिच्नु पर्छ है ।

दूतावासको फोन नम्बर : +974 44675681 र 44171962
फेसबुक पेज :  https://www.facebook.com/eondoha/  कमेन्ट होइन मेसेज पठाउनुहोस् ।
व्हाट्सएप : 33560117 (भोइस मेसेज मात्र)

नेपालको परराष्ट्र मन्त्रालयले तपाईंले दूतावासलाई दिनु भएको विवरणको अनुरुप स्वदेश फर्किनैपर्ने अवस्थामा रहेका नेपालीहरुको पहिचान गरी सो विवरणको आधारमा तपाईंलाई फर्काउनेछ ।

त्यसरी स्वदेश फर्किन चाहने नागरिकहरुलाई सके सम्म नेपाल वायुसेवा निगम नसके अन्य निजी कम्पनीको जहाजमार्फत स्वदेश फर्काइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button