कामदारले आवासीय परमिटको प्रक्रिया स्वदेशमै गर्न पाउने

 

कतार काम गर्न आउने नयाँ श्रमिकहरुको आवासीय परमिट (आईडी) लिने प्रक्रिया अब सजिलो हुने भएको छ। भिसा सहायता सेवा विभाग र प्रशासनिक विकास,श्रम तथा सामाजिक मन्त्रालयले गएको बिहीबार सेमिनार आयोजना गर्दै आईडीको लागि चाहिने सम्पुर्ण प्रक्रिया कामदारको घरेलु देशमा नै गर्न सकिने बारे विस्तृत गरेको छ।

मन्त्रालयको अनुसार कामदारले कतार आउनुअघि नै आफ्नो स्वदेशमा  मेडिकल चेकअप, बायोमेट्रिक डेटा रेकर्ड, फिंगरप्रिन्ट,काम करारमा हस्ताक्षर लगायतका काम गर्न सक्नेछन्।साथै सो पूरा गरेर कतार आए पश्चात पुनः प्रक्रिया गर्नु पर्दैन भने उक्त कागजपत्र हमाद विमानस्थलमा जाँचगरि स्वीकृत गरिनेछ।

योजना अनुसार कामदारले www.qatarvisacenter.com बाट एपोइन्टमेन्ट बुक गरेर स्थापित केन्द्रमा गई आफ्नो प्रक्रिया सुरु गर्नुपर्नेछ भने यता कामदारको मालिकले आन्तरिक मन्त्रालयको वेबसाइट मार्फत प्रक्रिया अघि बढाउने छ।

तारमा ८० प्रतिशत भन्दा बढी कामदारको गन्तव्य रहेको नेपाल,भारत,श्रीलंका,पाकिस्तान,बंगलादेश,फिलिपिन्स, इण्डोनेशिया र ट्युनिसिया गरी जम्मा ८ राष्ट्रमा यो सेवा लागू हुनेछ। योजनाको पहिलो चरण श्रीलंका बाट सुरु गरिने मन्त्रालयले जनाएको छ। नेपालमा केन्द्र स्थापना हुन भने अझै केही समय लाग्नेछ।

‘यस योजना अन्तर्गत कामदार भर्ती बारे गरिने सम्पूर्ण प्रक्रिया एउटै च्यानल बाट हुँदा समय बचत तथा सजिलो हुनेछ,’ भिसा विभागका प्रमुख मेजर अल मोहन्नदिले बताएका छन्।

त्यस्तै मालिक बीच हुने सम्झौतामा कामदारले कतार आउनुअघि स्वदेशमै आफ्नो करार पत्र हेरेर बुझेर हस्ताक्षर गर्न पाउने हुँदा ठगिने डर हुँदैन।नेपालको  लागि भने भिसा प्रक्रियाको कार्यालय मन्त्रालयले काठमाण्डौंमा तोक्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button