अक्टोबर १ भित्र जरिवाना नतिरे सवारी नपाउने

ट्राफिक विभाग कतारले जफत गरिएको सवारी साधनको जरिवाना बुझाएर फिर्ता लान आग्रह गरेको छ।
विभागको अनुसार विभिन्न नियम उल्लंघनमा तीन महिना वा सो भन्दा बढी देखि जफत गरिएको सवारी साधन फिर्ता लानका लागि आउँदो अक्टोबर १ तारिख सम्म जरिवाना तिर्नुपर्नेछ। सो समयावधि भित्र जरिवाना नतिरे विभागले सवारी बेचिदिने सूचनामा लेखिएको छ।
जरिवाना औद्योगिक क्षेत्र स्ट्रिट नम्बर ५२ मा रहेको सवारी निरीक्षण विभागमा गएर तिर्नुपर्नेछ।
२०१५ को परिमार्जित कानून नम्बर १६ अन्तर्गत धारा ८९ बमोजिम ट्राफिक विभागले यस्तो निर्णय गरेको हो।
विभागले आज पत्र पत्रिकामा सूचना प्रकाशित गरी यो जानकारी दिएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो