चेल्सीको जितमा विलियम नायक

एजेन्सी । युरोपा लिग फुटबलमा इङ्ग्लीश क्लब चेल्सीले विजयी सुरुवात गरेको छ । बिहिबार राति भएको समूह चरणको खेलमा चेल्सीले पीएओके सालोनीकालाई १—० गोल अन्तरले पराजित गरेको हो ।
समूह “एल” मा रहेको चेल्सीले खेलमा सुरुवाति दबाब राखेपछि सालोनीकाले चेल्सीविरुद्ध गोल गर्न असमर्थ रह्यो । पहिलो खेलमा जित निकालेको चेल्सीका प्रशिक्षक माउरीजीओ सारीले इङ्ग्लिस क्ल्बका लागि युरोपा लिग कठिन भएको प्रतिक्रिया दिएका छन् ।
त्यस्तै, सोलोनीकाविरुद्धको खेलमा खेलको १० मिनेट भित्रै चेल्सीले अग्रता बढाएको थियो । चेल्सीका लागि विलियमले खेलको ७ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए भने सालोनीकाले गोल फर्काउन नसकेपछि उनको गोल चेल्सीको जितका लागि निर्णायक बन्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो