पछिल्लो २४ घण्टामा २१५ जनामा कोरोना भाइरस देखियो

पछिल्लो २४ घन्टामा स्वास्थ्य मन्त्रालयले २१५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र २२३ जनालाई निको भएको जानकारी दिएको छ । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,११,३२२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा २,२५६ जनालाई परिक्षण गरिएको थियो ।
कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या १७७ रहेको छ र निको हुनेको संख्या १,०८,००२ पुगेको छ । सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – ४८ जना
अस्पतालमा उपचार भैरहेका जम्मा – ३९५ जना
आईसीयुमा भर्ना भएका – २ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – ७५ जना
आज सम्म जाँच भएको संख्या – ५,०२,७९२ जना
निको हुन बाँकीको संख्या : ३,१४३ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।