कतारमा भव्यताका साथ मनाइयो संविधान दिवस

कतारमा रहेका नेपालीहरुले पनि नेपालको विद्यमान संविधान जारी भएको दिनको सम्झनामा राष्ट्रिय दिवसका रुपमा मनाएका छन् । दोहास्थित होलिडे इन होटलमा एक विशेष कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो । नेपाली तथा कतारी राष्ट्रिय गान बाट सुरु गरिएको कार्यक्रममा कतारका लागि नेपाली राजदूत रमेश प्रसाद कोइरालाले अथितीहरुलाई स्वागत गर्दै नेपालले सन् २०१५ मा जारी गरेको संविधानको बारेमा प्रकाश पार्नुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथि तथा अन्य अतिथिहरुलाई स्वागत गर्दै आफ्नो सम्बोधनमा राजदूत कोइरालाले नेपाल सधै स्वतन्त्र राष्ट्रको रुपमा रहेको र देशमा विद्यमान राजनीतिक स्थायित्व, सवल आर्थिक अवस्था र प्रचुर प्राकृतिक एवं मानवीय साधन, स्रोतको उपयोग गरी नेपाली नागरिकहरुको सुख र समृद्धिको लक्ष्य प्राप्ति गर्ने दिशामा प्रतिवद्ध भइ सरकारले काम गरिरहेको बताउनु भयो।

देशमा वैदेशिक लगानीको लागि उपयुक्त वातावरण रहेको उल्लेख गर्दै उनले नेपालको जलविद्युत, खानी एवं खनिज, कृषि, सूचना तथा प्रविधि, पर्यटन, उद्योग तथा सेवाका क्षेत्रमा लगानी गरी आर्थिक लाभ लिन कतारी तथा विदेशी उद्यमी, लगानीकर्ताहरुलाई आग्रह समेत गर्नुभयो।

कार्यक्रम स्थलमा नेपालको प्राकृतिक सौन्दर्य, कला, सस्कृति झल्कने तस्बीर तथा पर्यटन सम्बन्धी जानकारी मूलक प्रचार सामग्री राखी प्रचारप्रसार गरिएको थियो ।सो अवसरमा नेपाली कलाकारहरुद्वारा नेपाली लोक नृत्यका साथै नेपाल एयरलइन्सको दुई तर्फी हवाई टिकटको गोलाप्रथा पनि गरिएको थियो।

कार्यक्रममा कतारी प्रशासनिक विकास श्रम तथा सामाजिक मन्त्री इस्सा साद अल जफली अल नुआइमी,वैदेशिक मामिला सचिव अहमद हस्सन अल हामादी,राजदूत इब्राहीम योसिफ अब्दुल्लाह फाख्रो,कतारस्थित विभिन्न देशका राजदूत मुलुकका राजदूत, कुुुुुुुुअरी उद्योगी ब्यवसायी, नेपाली श्रमिकहरु कार्यरत कम्पनीका संस्थापकहरु र नेपाली समुदायको उपस्थिति रहेको थियो ।

संविधान दिवसकै अवसरमा दूतावासको प्राङ्गणमा हिजो बिहान पनि कार्यक्रम आयोजना गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button