अमिर अमेरिका प्रस्थान

क्युएनए
अमिर शेख तमिम विन हमाद अल थानी आज अमेरिका प्रस्थान गर्नुभएको छ। अमेरिकामा जारी संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन अमिर त्यसतर्फ जानुभएको हो।

‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ मूल नाराका साथ ७३ औं महासभा गएको मंगलबार बाट शुरु भएको छ । बैठकलार्इ विभिन्न देशका राष्ट्राध्यक्ष एवं प्रधानमन्त्रीले उच्चस्तरीय सम्बोधन गर्नेछन् ।
उच्चस्तरीय सम्बाेधन सेप्टेम्बर २५ देखि ९ दिन सम्म चल्नेछ। अमिरको सम्बोधन मंगलबार रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो