कतारमा ६० वर्ष भन्दा माथिका कामदारलाई घर पठाईने

कतारको विकाश प्रकाशन, श्रम तथा सामाजिक मामिला मन्त्रालय (MADLSA) को ६० वर्ष भन्दा माथि उमेर पुगेका प्रवाशी कामदारहरुलाईस्वदेश फिर्ता गर्ने निर्णय चाडै नै लागु हुने भएको छ । यहाँको अरविक पत्रिका अल वटन मा शनिबार प्रकाशित भएको एक रिपोर्ट अनुशार कतारमा नयाँ प्रतिभासाली जवान कामदारहरु भित्राउने हिसाबले लिएको उक्त निर्णय लागु गर्न सरकारले धेरै अघि समय देखि कसरत गर्दै आइरहेको थियो ।
यस नँया निर्णय लागु भए पश्चात ६० वर्ष वा सो भन्दा माथि उमेर पुगेका प्रवाशी कामदारहरुले नँया काम करार तथा आवास पत्र नपाउने नियम लागुहुनेछ । सो उमेर पुगेका कामदारहरुलाई बाँकी हिसाब दिई सरकारले स्वदेश पठाउने छ । साथै यो नियम निजी तथा साझा क्षेत्र दुबैमा लागु हुने रिर्पोटमा उल्लेख छ । MADLSA ले कतारमा ठुलो मात्रामा रहेका प्रवाशी कामदारहरुको तथ्याङ्क बाहिर ल्याउने तरखर गरिरहेको छ । यस तथ्याङ्क ले कतार विकाशका लागी चाहिने आवश्यक कामदारको माग संख्या र यहाँ कार्यरत कामदारको संख्याको प्रष्ट पार्ने, अल वटन पत्रिकाले लेखेको छ ।
