मर्मतपछि थाइ एयरवेजको उडान नियमित

काठमाडौं, कात्तिक २३-

प्राविधिक समस्या देखिएर बिहीबार उडान गर्न नसकेको थाइ एयरवेजको जहाज शुक्रबार काठमाडौंबाट बैंकक फर्किएको छ।

विमानस्थल कार्यालयका अनुसार शुक्रबार बिहान ८ः३० बजे काठमाडौंबाट बैंकका लागि उडेको हो।

बिहीबार दिउँसो १ः२५ को उडान तालिका रहेको उक्त जहाजमा प्राविधिक समस्या देखिएपछि उडान रद्द भएको थियो।

बिहीबार नै राति १२ बजे थाइको अर्को जहाजले बैंककबाट स्पेयरपार्टस र प्राविधिक ल्याएर मर्मत गरेपछि शुक्रबार बिहानै नियमित उडान भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button