आज अक्टोबर १७ तारिख, बुधबार, “महाअष्टमी”
अाजको पञ्चाङ्ग
अंग्रेजी मितिः इश्वी सन् २०१८ अक्टोबर १७ तारिख,। बुधबार। नेपाली मितिः २०७५ साल असोज ३१ गते । – महाअष्टमी
शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ कौलाथ्व। आश्विन शुक्लपक्ष।
तिथि– तिथि– अष्टमी, १०:१९ बजेउप्रान्त नवमी। नक्षत्र– उत्तराषाढा, १८:५९ बजेउप्रान्त श्रवण। योग– सुकर्मा। करण– वसुकर्मा, ६:१७ बजेउप्रान्त धृति। पहिलो करण– वव, १०:१९ बजेदेखि वालव, २३:३९ बजेउप्रान्त कौलव। । आनन्दादिमा वज्र योग। चन्द्रराशि– मकर ।
दोहामा सूर्योदयः बिहान ५:३२ बजे र दोहामा सूर्यास्तः साँझ १७:०५ मा हुनेछ ।
राहुकालः ११:१९ देखी १२:४५ सम्म । शुभ मुहूर्त : १२:४५ देखी दिउँसो १३:३४ बजे सम्म ।
विजया दशमी : २ दिन पछि
अाजको मौसम
आज दोहाको उच्च तापक्रम ४० डिग्री र न्युनतम तापक्रम ३० डिग्री सेल्सियस बिच रहने छ ।
आज कतारका केही स्थान (अलरुएस मिशाइद) छिट्फुट बर्षा र धुलो हावाहुरी चल्ने छ ।
आजको विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली दर ३२ रुपैंयाँ ३१ पैसा रहनेछ ।
*अन्तरराष्ट्रिय दर, दिनमा २ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १५४.५० रियाल प्रति ग्राम र २२ क्यारेट सुन = १४४ .५० कतारी रियाल रहेको थियो ।