आज अक्टोबर १८, बिहिवार, “महानवमी”
अाजको पञ्चाङ्ग
अंग्रेजी मितिः इश्वी सन् २०१८ अक्टोबर १८ तारिख।,। बिहिवार। नेपाली मितिः २०७५ साल कात्तिक १ गते। – महानवमी
शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ कौलाथ्व। आश्विन शुक्लपक्ष।
तिथि– नवमी, १२:५८ बजेउप्रान्त दशमी। नक्षत्र– श्रवण, २२:०४ बजेउप्रान्त धनिष्ठा। योग– धृति, ७:१८ बजेउप्रान्त शूल। करण– कौलव, १२:५८ बजेदेखि तैतिल, भोली बिहान २: १५ बजेउप्रान्त गर। आनन्दादिमा ध्वज योग। चन्द्रराशि– मकर ।
दोहामा सूर्योदयः बिहान ५:३३ बजे र दोहामा सूर्यास्तः साँझ १७:०४ मा हुनेछ ।
राहुकालः १२:४४ देखी १२:४५ सम्म । शुभ मुहूर्त : १२:४५ देखी दिउँसो १४:०१ बजे सम्म ।
विजया दशमी : भोली
अाजको मौसम
आज दोहाको उच्च तापक्रम ४० डिग्री र न्युनतम तापक्रम २३ डिग्री सेल्सियस बिच रहने छ ।
आज कतारका केही स्थानमा हिजोको जस्तै चट्याङ सहित् छिट्फुट बर्षा र धुलो हावाहुरी चल्ने छ ।
आजको विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली दर ३२ रुपैंयाँ ३१ पैसा रहनेछ ।
*अन्तरराष्ट्रिय दर, दिनमा २ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १५४.५० रियाल प्रति ग्राम र २२ क्यारेट सुन = १४४ .५० कतारी रियाल रहेको थियो ।