द भ्वाइस अफ नेपालको फाइनल आज, १ बजे देखी गेट खुल्ने

आज शुक्रबार कतारको सनैया स्थित ग्राण्ड मल नजिकै रहेको एशियन टाउन एमपी थियटरमा नेपालको अर्को चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को फाइनल हुँदैछ ।
फाइनलमा कोच दिप श्रेष्ठ,अभय सुब्बा, प्रमोद खेरेल र सनुप पौडेलका उत्कृष्ट एक एक जना सिडि बिजय अधिकारी, कुशल आचार्य, सिर्जय थपलिया र सप्तक दुतराजले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन । यी चार प्रतिस्पर्धी संगै टप ८ हरुको प्रस्तुती रहने उक्त कार्यक्रममा तेजेन्द्र गन्दर्भको पनि प्रस्तुती रहने छ भने साथमा बहुचर्चित नेपाली हाँस्य कलाकार ध्रुर्मुस सुन्तलीको पनि बेजोड प्रस्तुती रहने भएकाले पनि यो कार्यक्रम विशेष हुनेमा पक्का छ ।
यस् अगी भएको यस्तै ठुलो कार्यक्रमको जस्तो गल्ती नहोस् भनेर ‘द भ्वाइस अफ नेपालको फिनालेमा लगभल १६० भन्दा धेरै कतारी प्रहरीहरु अनि ३ सय सुरक्षागार्डहरु देखि १ दर्जन टिकट काउण्टर र नेपाली खानेकुराको परिकार सहित ठाँउ ठाँउमा फुट स्टल समेतको राम्रो ब्यावस्थापन रहेको आयोजक प्रवीण गुरुङ, दिल्लिकला थपलिया र मनोज गोर्खालीले बताए ।
आज डिसेम्बर १४ तारिक शुक्रबार नेपाली समय अनुसार बेलुकी १० बजे ,कतारी समय बेलुकी ७ बजे पछि द भ्वाइसको फाइनल संस्करण कान्तिपुर टि.भी,डिस होमको रमाइलो एच डी तथा द भ्वाइस अफ नेपालको युट्युव च्यानल मार्फत पनि हेर्न सकिने छ । कार्यक्रम बुलुकी ६७ बजे सुरुहुने भएता पनि सहजताका लागि दिउसो १ बजे देखी गेट खुल्नेछ ।
द भ्वाइस अफ नेपालको टाइटल विजेताले २५ लाख नगदसहित ब्राण्डेड कार, २० लाखको म्युजिक एल्बम कन्ट्रयाक्ट र वर्ल्ड टुर अवसर पाउनेछन् ।
यी हुन चार प्रतिस्पर्धी :
१. सी.डी. विजय अधिकारी
‘दैव हे’ बोलको गीत मार्फत भ्वाइस अफ नेपालको यात्रा प्रवेश गरेका विजयको नाम अघिको सी। डीको अर्थ बुवाको नाम चन्द्रकान्त र आमाको नाम दुर्गा हो । उनी योगेन्द्र उपाध्यायसंग ब्याटलराउण्डमा देखिएका थिए । टिम प्रमोदका विजयले रेडियो नेपालको कार्यक्रममा पनि सफलता हात पारेका थिए । उनले ‘भिरमा उन्यु’ गीतबाट लाइभ राउण्डमा देखिएका थिए भने सेमी फाइनल राउण्डमा ‘मैले’ बोलको गित बाट आएका थिए । मदरल्याण्ड स्कुल पढेका अधिकारी हाल पृथ्वीनारायण क्याम्पसमा वि.वि.ए. तेस्रो वर्षमा अध्ययनरत छन । उनी पी एन सी आइडल २०१० को विजेता पनि हुन भने उनी खोजी प्रतिभा २ र प्रथम विग आइकन २०१० मा दोस्रो स्थान हात पारेका थिए ।
२.कुशल आचार्य
११/१२ बर्षकै उमेर देखि गाउँदै आएका कांकडभित्ता, झापाका कुशल भ्वाइस अफ नेपालमा आफ्नो कुशल प्रतिभा देखाउदै आएका छन । ग्लोवल गेट इन्टरनेशनल बत्तिसपुतली काठमाण्डौँमा अध्यनरत आर्चायले देश विदेश वाट निकै सर्मथन पाइरहेका छन । कोच अभयाका कुशल लामो समयवाट बार, तथा क्लबमा पनि गीत गाउँदै आएका छन । उनि सुन्दरता तिम्रो उदाहरण लिएर ब्लाइण्ड अडिसनमा प्रस्तुति दिएका थिए । उनी सन्तोष घलेसंग तिम्रो मन भन्ने गितमा ब्याटल गरी लाइभ राउण्डमा ‘राम सांइलि’ र ‘सिन्डीकेट’ मिक्स गित गाएर सेमि फाइनलमा प्रवेश गरी ‘चौतारीको बर’पिपल’ गीतमा दमदार प्रस्तुती दिएका आर्चायलाइ स्टाइलिस ट्यालेन्ट पनि मानिएको छ ।
३. सिर्जय थपलिया
झोला बोकेर स्टेजमा देखिने सृजयले लाइभ सोमा ‘जिवनमा पहिलो पटक’ बोलको गित गाएका छन । विराटनगरको पुर्वाञ्चल युनिर्भसिटीमा विविए अध्ययनरत सृजय ब्लाइण्ड अडिसनमा कोच अभायाको मन जित्न सफल देखिए, तर ब्याटल राउन्डमा उनलाई कोच प्रमोदले स्टिल गरेर यहाँ सम्मको यात्रामा निरन्तरता पाए ।
४. सप्तक दुर्तराज
टिममा सनुप अन्तर्गत काठमाण्डौका सप्तक दुतराज द भ्वाइस अफ नेपालु को ब्लाइण्ड अडिसन राउण्डमा ‘आँखामा तिमीलाइ’ गाएर कोच सनुप र प्रमोदको मन जित्न सफल भए । डन बोस्को कलेज पढेका सप्तक हाल खोपा इन्जिनियरीङ्ग कलेजमा अध्ययनरत छन । ब्याटल राउण्डमा ‘तिमि नै हो’ बोलको गीतमा अनिस गबुजासंग गाएका थिए । उनलाइ प्रमोदले निकै रुचाएका थिए । लाइभ राउण्डमा ‘मार्यो नि मार्यो’ र हिमाली नेपाली गीतमा आफ्नो कला प्रस्तुत गरेका छन । उनको आजको कोसेली कस्तो हुने हो हेर्न बाँकी नै छ । उनले सेमिफाइनलमा ‘आफ्नै संसारमा किन’ बोलको गितमा दमदार प्रस्तुति दिएका थिए ।
#The Voice of Nepal #Finale #Doha