तीव्र गतिको मोबाइल इन्टरनेट भएका देशहरुमा कतार तेस्रो स्थानमा

स्पिडटेष्ट इन्टेलिजेन्स नामक डाटा प्लाटफर्ममा सन् २०१७ को डिसेम्बरदेखि नोभेम्बर २०१८ सम्मका इन्टरनेट डाटाको विश्लेषणका आधारमा विश्वका मुलुकहरुको मोबाइल इन्टरनेट गतिको सूचीमा कतार तेस्रो स्थानमा रहेको छ । 

स्पिडटेष्ट डट नेटले प्रकाशित गरेको सन् २०१८ को विश्वको इन्टरनेट गतिको प्रतिवेदनले विश्वमा मोबाइल तथा फिक्स्ड ब्रोडब्याण्ड दुवै इन्टरनेटको डाउनलोड तथा अपलोड स्पिडमा वृद्धि भैरहेको पनि प्रतिवेदनले देखाएको छ ।

सबैभन्दा तिव्र गतिको मोबाइल इन्टरनेट भएका ५ मुलुक

नर्वे: ६३.१९ एमबीपीएस

आइसल्याण्ड: ५८.६८ एमबीपीएस

कतार: ५५.१७ एमबीपीएस

सिंगापुर: ५४.७१ एमबीपीएस

नेदरल्याण्ड: ५३.४२ एमबीपीएस

सबैभन्दा उच्च गतिको फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट भएका ५ देशहरु

सिंगापुर: १७५.१३ एमबीपीएस

आइसल्याण्ड: १५३.०३ एमबीपीएस

हंगकंग: १३८.३१ एमबीपीएस

दक्षिण कोरियाः ११४.६७ एमबीपीएस

रोमानिया: १०९.९० एमबीपीएस

रिपोर्ट अनुसार विश्वको सबैभन्दा कमजोर मोबाइल इन्टरनेट ताजिकिस्तानको रहेको छ भने सबैभन्दा कमजोर फिक्स्ड इन्टरनेट अल्जेरियाको रहेको छ ।

नेपालको ?

मोबाइल इन्टरनेट स्पिडमा नेपालको अवस्था अघिल्लो वर्षको भन्दा १ स्थानले सुधार हुँदै १ सय १६ औँ अवस्थामा छ ।

त्यस्तै फिक्स्ड इन्टरनेटमा नेपाल ८९ औँ स्थानमा रहेको छ । नेपालको फिक्स्ड इन्टरनेटको स्पिड १६.६६ एमबीपीएस रहेको छ भने मोबाइल इन्टरनेट स्पित ८.८८ एमबीपीएस रहेको रिपोर्टले देखाएको छ ।

एजेन्सी र अन्लाईनखबरको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button