दूतावासले छलफल कार्यक्रम गर्ने

कतारस्थित नेपाली दूतावासले संघसंस्था तथा नेपाली समुदाय सँग भोलि अन्तर्क्रियात्मक कार्यक्रम गर्ने भएको छ। शेरिङ एण्ड हेरिङ (सुन्ने/बाड्ने) नाम दिइएको सो कार्यक्रम मार्फत कतारमा रहेका संघसंस्था बीच सम्बन्ध सुदृढ गर्न तथा श्रमिकको अवस्था,समस्या लगायत विविध विषयमा छलफल गर्ने गरिन्छ ।
कार्यक्रममा नेपाली राजदूतावास लगायत नेपाल सरकारका सम्बन्धित निकायहरुबाट श्रम व्यवस्थापन, श्रमिकहरुको हक हित, सुरक्षा सुनिश्चितता र कल्याणकारी कार्य प्रवर्द्धन गर्नका लागि अवलम्वन गर्नुपर्ने नीतिगत, प्रकृयागत तथा व्यावहारिक पक्षहरुका बारेमा कतारमा अवस्थित नेपाली समुदाय, संघ संस्था, कामदारहरु लगायतका महानुभावहरुसँग अन्तरक्रियात्मक छलफल गर्ने र सुझावहरु लिने कार्यक्रम रहेकोले सम्बन्धित नेपाली श्रमिकहरु, पीडित कामदारहरु, नेपाली समुदाय, संघ संस्थाका प्रतिनिधिहरुलाई आ-आफ्नो राय सुझाव सहित उपस्थित भइदिन दूतावासले आग्रह समेत गरेको छ ।
कार्यक्रम वारे थप जानकारीको लागि दूतावासको फोन नम्बर ४४६७५६८१/८३ मा सम्पर्क गर्न सकिनेछ।
मासिक रुपमा संचालन हुने यस कार्यक्रमको आठौँ संस्करण ऐन खलिद स्थित नेपाली राजदूतावासको चान्सरी भवनमा शुक्रबार जनवरी १८ तारिख दिउँसो ३ बजे बाट सञ्चालन हुँदैछ। सामाजिक सञ्जालमा दूतावास बारे विभिन्न टिकाटिप्पणी चलेपनि पीडित श्रमिकहरु कार्यक्रममा सोचे जस्तो उपस्थित नभएको दूतावासको गुनासो छ।
दूतावास जाने बाटो
