कतार विश्वकै सबैभन्दा सुरक्षित राष्ट्र

कतारले पछिल्लो वर्ष झै यो वर्ष पनि विश्वकै सबैभन्दा सुरक्षित राष्ट्रहरूको स्थानमा उल्लेखनीय प्रगति गरेको छ।
आन्तरिक मन्त्रालय अन्तर्गतको विकास,योजना तथा तथ्याङ्क विभागले हालसालै एक कार्यक्रम बीच कतारले कम अपराधको दर कायम गर्दै विश्व सुरक्षा स्थितिको आधारमा पहिलो सुरक्षित राष्ट्र बन्न सफल भएको बताएको छ ।

ग्लोबल क्राइम इन्डेक्स (नम्बिवो) को वार्षिक प्रदिवेदन अनुसार कतार विश्व वरीयतामा पहिलो स्थानमा पर्न सफल भएको हो । यसअघि कतार सन् २०१५ मा नवौ,२०१६ मा सातौ ,२०१७ मा पहिलो,२०१८ मा दोस्रो सुरक्षित राष्ट्र बनेको थियो ।