कतारले साउदी अरेबियालाई हरायो

जारी एएफसी एसियन कप २०१९ मा कतारले विश्वकप खेलिसकेको साउदी अरेबियालाई  हराएको छ। युएईको राजधानी अबुधबिमा भइरहेको सो प्रतियोगिता अन्तर्गतको लिग चरणको अन्तिम खेलमा कतारले साउदीलाई २-० गोलले पराजित गर्न सफल भयो। जित संगै कतार समूह ई को बिजेता बन्दै अन्तिम १६ मा पुगेको छ। साउदी पनि समुहको उपबिजेता बन्दै अर्को चरणमा प्रवेश गरेको छ। दुई राष्ट्र बिचको खटपट पश्चात् पहिलो पल्ट उनिहरु एकापसमा भिडेका हुन्।

कतारको जितका लागि दुवै गोल अल्मोइज अलिले गरेका थिए। प्रतियोगितामा उनले यसअघि नै ५ गोल गरिसकेका छन् । कतारले आफ्नो पहिलो खेलमा लेबनान लाई २-० र उत्तर कोरियालाई ६-० गोलले पराजित गरेको थियो।

अन्तिम १६ मा आगमी मंगल बार कतारले इराकको सामना गर्दैछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button