६ राष्ट्रको लडाकु जहाज कतार आइपुग्यो

क्युएनए

कतार सुरक्षा फौजको आयोजना शुरू भएको दोहा अन्तराष्ट्रिय समुन्द्री सुरक्षा प्रदर्शनी तथा सम्मेलन (डिमडेक्स) ले विभिन्न देश बाट आएका लडाकु जहाजलाई हमाद बन्दरगाहमा स्वागत गरेको छ।प्रदर्शनी तथा सम्मेलन आज मे १२ देखि २५ तारिख सम्म आयोजना हुँदैछ।प्रदर्शनी सम्मेलनमा ६० देशको सहभागिता रहेको छ।जसमध्य बंगलादेश,इटाली,भारत,ओमान,बेलायत र अमेरिका राष्ट्रका जहाज कतार आएका छन्।

विभिन्न देशबाट आएका लडाकु जहाजले व्यापार मार्ग,जल नाका र तट रेखा सुरक्षाका लागि आफ्नो क्षमता प्रदर्शन गनेछन्।

 

कतारी फास्ट अट्रयाक क्राफ्ट हुवार(क्यु०५) सँगै डिस्ट्रोयर आईएनएस कोलकत्ता(भारत), फ्रिगेट बी एन एस बंगबन्धु(बंगलादेश),फ्रिगेट कार्लो मर्गोत्तिनी(इटाली),अमेरिकाको डिस्ट्रोयर यूएस सम्प्सोन (डिडिजी-१०२) सँगै अन्य दुई जहाज,रोयल नाभी अफ यूके, कस्सब (ओमान),पी एन एस हिम्मत(पाकिस्तान) लगायतको जहाजले प्रदर्शनीमा भाग लिदै छन्।


Photo by Kammutty VP

कतार नेशनल कन्भेन्सन सेन्टर  आज बाट शुरू भएको प्रदर्शनी अमिर शेख तमिम विन हमाद अल थानीको संरक्षणमा उप अमिर शेख अब्दुल्ला विन अल थानी ले उद्घाटन गर्नुभएको छ।सो समारोहमा उप प्रधानमन्त्री तथा रक्षा मामिला मन्त्री डा खालिद विन मोहम्मद अल अत्तियाह लगायत सैनिक प्रमुख तथा विभिन्न देशका राजदूतको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button