मालीमा शान्ति सेनाको क्याम्पमा भएको आक्रमणमा १० जनाको मृत्यु

अफ्रिकी मुलुक मालीमा संयुक्त राष्ट्रसंघका शान्ति सेनामाथि विद्रोहीले गरेको आक्रमणमा दश जना सैनिकको मृत्यु भएको छ । अलकायदा निकट इस्लामिक समूहले गरेको आक्रमणमा पच्चिस भन्दा बढि सैनिक घाइते भएका छन् । मालीको उत्तरी क्षेत्रमा रहेको शान्ति सेनाको क्याम्पमा विद्रोहीले आक्रमण गरेका हुन् । कार र मोटरसाइकलमा आएका बिद्रोहीले शान्ति सेनाको क्याम्पमा आक्रमण गरेका हुन । मारिने शान्ति सैनिकहरु अफ्रिकी मुलुक चाडका रहेको राष्ट्रसंघले जनाएको छ ।
अलकायदा निकट इस्लामिक समूहलेचाडले इजरायलसँग बढाएको कुटनीतिक सम्बन्धको प्रतिक्रियास्वरुप आक्रमण गरिएको जनाएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले आक्रमणको निन्दा गरेका छन् । गुटरेसले आक्रमणलाई ‘युद्ध अपराध’ को संज्ञासमेत दिएका छन् । – SYNERGY FM
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो