बिज्ञापन

वरिष्ठ कलाकार गणेश मुनालको निधन

कलाकार गणेश मुनालको निधन भएको छ । चावहिल काठमाडौंका स्थानीय मुनालको उपचारका क्रममा सोमबार बिहान वीर अस्पतालमा निधन भएको हो । लामो समयदेखि अस्वस्थ्य रहेका मुनालको निधन हुनुको कारण भने खुलेको छैन ।

‘लभ लभ लभ’, ‘एक पल’, ‘सेतो बाघ’, ‘शिरीषको फूल’, ‘दिदी भाई’, ‘मिस्टर डन’ लगायतका फिल्ममा अभिनय गरेका उनी अभिनीत नयाँ फिल्म ‘गोपी’ यही माघ १८ गतेबाट प्रदर्शनमा आउँदैछ । उनले थुप्रै टेलिसिरियलमा पनि काम गरेका थिए ।

उनको केहीबेरमै अन्तिम संस्कार गरिँदैछ । उनको निधनमा यतिबेला चलचित्रकर्मीहरुले दुख तथा शोक व्यक्त गरेका छन् । उनको पार्थिव शरिरमा अन्तिम श्रद्धान्जली अर्पण गर्न दर्जनौँ कलाकारहरु पशुपती आर्यघाट पुगेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button