कतारद्वारा इराक पराजित

युएईको राजधानी अबुधबिमा आयोजना भइरहेको एएफसी एसियन कप २०१९ मा कतारले इराकलाई हराएको छ। आज सम्पन्न खेलमा इराक कतार सङ्ग १-० गोलले पराजित भएको हो।
निकै प्रतिस्पर्धात्मक खेलको ६२ आैं मिनेटमा कतारको तर्फ बाट बस्सिम अल रविले गोल गरेका थिए । जित संगै कतार प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ। त्यस्तै हिजोको खेलमा छिमेकी राष्ट्र साउदी अरेबिया जापान सङ्ग १-० गोल अन्तरले हार्दै प्रतियोगिता बाट बहिरी सकेको छ ।
कतारले आगामी खेल २५ तारिक दक्षिण कोरिया सङ्ग खेल्दैछ।