बिज्ञापन

नेपालका सबै हवाई उडान मे १५ सम्म बन्द रहने

नेपाल सरकारले गठन गरेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको बैठकले नेपालको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानलाई जेठ २ अर्थात मे १५ तारिख गतेसम्म बन्द राख्ने निर्णय गरेको छ ।

‘हवाई उडानहरु अप्रिल ३० सम्म स्थगित थियो । यसलाई थप १५ सम्म लम्ब्याउने निर्णय भएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए ।

त्यस्तै कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले नेपालको लकडाउनलाई थप एक हप्ता लम्ब्याउन सिफारिस गरेको छ ।
समितिले सुझाव दिए पनि मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्नेछ । भारतमा सङ्क्रमणको अवस्था हेरेर पनि मन्त्रिपरिषद्ले लकडाउन थप गर्न सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button