आइतबार इदको पहिलो दिन हुने : कतार क्यालेन्डर हाउस

अन्तर्राष्ट्रिय खगोलिय केन्द्र (आइएसी) ले प्राय इस्लामिक राष्ट्रहरुमा यो वर्षको इद अल फित्र मे २४ तारिक पर्ने निष्कर्ष निकालेको छ । आइएसीले गएको हप्ता आफ्नो वेबसाइटमा विज्ञप्ति निकाल्दै शव्वल अर्धचन्द्रमा (इद अल फित्र) बारे साे जानकारी दिएको हो । यता कतार क्यालेन्डर हाउसले पनि इद आइतबारदेखि नै सुरु हुने बताएको छ ।
Qatar Calendar House said that, based on astronomical calculations, Saturday will be the final day of Ramadan with Eid beginning Sunday. #QNA
— Qatar News Agency (@QNAEnglish) May 19, 2020
खगोलिय हिसाबलाई आधार मनेर निकालिएको विज्ञप्ति अनुसार मे २३ तारिक अर्धचन्द्रमा सम्पूर्ण महादेश बाट हेर्न असम्भव हुनेछ । चन्द्रमा त्यस दिन निकै कम समयको लागि मात्र देखिने हुँदा हेर्न सम्भव नहुने आइएसीले बताएको छ । टेलिस्कोप मार्फत अमेरिका र प्रशान्त महासागरको केही पश्चिमी क्षेत्र बाट चन्द्रमा हेर्न सकिने न्यून अवस्था रहेपनि त्यो मौसम सफा नहुनाले सम्भव नरहेको विज्ञप्तिमा उल्लेख छ ।
मे २४ तारिक आइतबार भने प्राय अरब राष्ट्र,एसिया,अफ्रिका लगायत अष्ट्रेलियामा नांगो आँखा बाट नै अर्ध चन्द्रमा हेर्न सकिनेछ । त्यस्तै अप्रिल २४ तारिक देखी रमजान सुरु गरेकाहरुले ३० दिन र ७ तारिक देखी सुरु गरेका भारत,पाकिस्तान,ब्रुनेइ,बङ्लादेश लगायतका देशहरुले २९ दिन मात्रै रोजा बस्नुपर्नेछ। त्यसर्थ यो वर्ष इद मे २४ तारिक देखी सुरु हुने आइएसीले भनेको छ ।
यधपी इस्लाम परम्परा अनुसार अर्धचन्द्र नदेखि इद सुरु हुदैन ।