स्पेनमा आएको बाढीका कारण ५१ जनाको मृत्यु

काठमाडौँ, कात्तिक १४-
मुसलधारे वर्षाका कारण मंगलबार दक्षिणपूर्वी स्पेनका सडक र शहरहरूमा बाढी पस्दा ५१ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

बाढीका कारण कम्तीमा ५१ जनाको मृत्यु भएको आपतकालीन सेवा प्रदायकहरूले पुष्टि गरेका छन् ।

‘विभिन्न सुरक्षा र आपतकालीन बलहरूले सार्वजनिक गरेको प्रारम्भिक मृत्यु सङ्ख्या ५१ रहेको छ भने थुप्रै मानिसहरू सम्पर्कमा नआएकाले मृत्यु सङ्ख्या थप वृद्धि हुनसक्ने देखिएको छ,’ क्षेत्रीय आपतकालीन सेवाहरूले एक्समा जारी सन्देशमा भनिएको छ । प्रभावित क्षेत्रमा मृतकका आफन्तहरूको सहयोगमा शवहरूको पहिचान भइरहेको छ।

बाढी र डुबानका कारण कारहरू सडकमा बगेका छन् भने एउटा रेल पटरीबाट खसेको छ र घर र भवनहरूमा क्षति पुगेको छ।

सबैभन्दा बढी प्रभावित क्षेत्रका अधिकारीहरूले मानिसहरूलाई घरमै बस्न र अत्यावश्यक बाहेकका सबै यात्राबाट जोगिन सल्लाह दिएका छन्। भ्यालेन्सिया क्षेत्रमा मारिएकामा बालबालिका पनि रहेका छन् । एजेन्सी

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button