"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

पुलिस रिपोर्ट कसरी बनाउने ?

कतारको पुलिस रिपोर्ट

कतारको स्थानिय नगरिक तथा आप्रवासी कामदारले मेट्राश २ एप  र मन्त्रालयको वेबसाईट मार्फत पुलिस रिपोर्ट अर्थात पुलिस क्लियरेन्स सर्टिफिकेट निकाल्न सकिनेछ। यसै वर्षको सुरुवात देखि मन्त्रालय अन्तर्गतको अपराधी प्रमाण तथा सुचना विभाग ( सिइआइडी) र सुचना प्रणाली निर्देशनालयको सहकार्य बिच उक्त सेवाको घोषणा गरिएको हो।

त्यस्तै विभागले पुलिस रिपोर्ट जारी गर्न प्रशासनिक विकास ,श्रम तथा समाजिक मामिला मन्त्रालयको मुख्यालयमा नयाँ कार्यालय समेत खोलेको छ। कार्यालयले बिहान ७:३० देखि दिउँसो १:३० बजे सम्म सेवा दिनेछ। नयाँ सेवाले सरकारी जागिर खान र विदेश पढ्न जान अत्यावश्यक पुलिस रिपोर्ट लिन स्थानिय नागरिक तथा आप्रवासीलाई सहयोग मिल्ने मन्त्रालयले विश्वास गरेको छ।

नेपालको पुलिस रिपोर्ट

विदेशमा रहेका नेपालीहरुका सम्बन्धित नातेदारहरुले प्रहरी प्रधानकार्यालय चालचलन शाखामा तोकिएको निवेदन फारममा रु.१० को हुलाक टिकट टाँसी निर्धारित समय भित्र निवेदन दिनु पर्नेछ । समय भित्र निवेदन प्राप्त भएपछि सम्बन्धित व्यक्तिको अपराध अभिलेख चेकजाँच को लागि पठाईने छ । अपराधिक अभिलेख परिक्षण भई आएपछि ठीक रहेका पाइएमा निजलाई नेपालमा रहेको अवधि सम्मको प्रहरी चारित्रिक प्रमाणपत्र उपलव्ध गराईने छ र निवेदक स्वयं उपस्थित भई चारीत्रिक प्रमाणपत्र बुझी लानु पर्नेछ । निवेदन दिएको ३ कार्य दिन भित्र प्रहरी चारित्रिक प्रमाणपत्र प्राप्त गर्न सकिनेछ ।

निवेदन साथ पेश गर्नु पर्ने कागजातहरू:
क) राहदानीको निम्न पृष्ठको प्रतिलिपी थान १/१:
१) पृष्ठ नं – २, ३ तथा ३१ 
२) अन्तिम पटक नेपाल छोडदाको Nepal ImmigrationDeparture Stamp भएको पृष्ठ ।
ख) नागरिकताको प्रतिलिपी थान १ ।
ग) विवाहित महिलाको हकमा विवाह दर्ता प्रतिलिपी थान १ ।
घ) निवेदकको नागरिकताको सक्कल सहित स्वप्रमाणित प्रतिलिपी थान १ ।
ङ) पासपोर्ट साइजको रंगीन फोटो थान २ ।
* निवेदन वुझाउने समय :- शनिवार तथा सार्वजनिक विदाका दिन वाहेक हरेक दिन विहान १०:०० बजे देखि १४:०० बजे सम्म र शुक्रबार १३:०० बजे सम्म मात्र ।

फाराम डाउनलोड )

अथवा

विदेशमा रहेका नेपालीहरु स्वयंले आफू रहे बसेकै स्थानबाट प्रहरी चारित्रिक प्रमाणपत्र प्राप्त गर्न निम्नानुसारको कागजात संलग्न राखी (policereport@nepalpolice.gov.np) निम्‍न ठेगानामा email पठाउन सक्नुहुनेछ । सम्बन्धित शाखालाई उक्त email प्राप्त भएपश्‍चात Criminal Record Check गरी निवेदन प्राप्त भएको ३ कार्य दिन भित्र प्रहरी चारित्रिक प्रमाणपत्र प्राप्त गर्न सकिनेछ ।

निवेदन साथ पेश गर्नुपर्ने कागजातहरु: (Scanned Documents)
क) निवेदन फाराम (Download Here)
ख) राहदानीको निम्न पृष्ठको प्रतिलिपी थान १/१:
• पृष्ठ नं. – २, ३ तथा ३१ ।
• अन्तिम पटक नेपाल छोड्दाको Nepal Immigration Departure Stamp स्पष्ट भएको पृष्ठ ।
ग) नागरिकताको प्रतिलिपी थान १ ।
घ) विवाहित महिलाको हकमा विवाह दर्ता प्रतिलिपी थान १ ।
ङ) पासपोर्ट साइजको रंगीन फोटो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
18
मनपर्‍यो
खुसी लाग्यो
22
खुसी लाग्यो
दुःख लाग्यो
5
दुःख लाग्यो
रुन मन लाग्यो
7
रुन मन लाग्यो
हाँसो लाग्यो
9
हाँसो लाग्यो
रीस उठ्यो
2
रीस उठ्यो
बिज्ञापन
Back to top button