कतारको समर्थक रोक्न युएईले सबै टिकट किन्यो

एजेन्सी

युएईमा जारी एएफसी एसियन कप २०१९ अन्तर्गत भोलि हुने कतार विरुद्ध युएई बिचको खेलको लागि सम्पुर्ण टिकट बिक्री भएको छ। आफ्नो सच्चा समर्थकका लागि राजकुमार नह्यन बिन जाएद्ले सम्पुर्ण टिकट खरिद गर्न आदेश दिएको अबुधबी स्पोर्ट्स काउन्सिलले शुक्रबार बताएको छ।

कतारमाथी सन् २०१७ को जुन महिना बाट साउदी अरेबिया,युएई,बहराइन,इजिप्त लगायतको राष्ट्रबाट जल,थल तथा हवाई नाकाबन्दी गर्दै आइरहेको छ ।

जारी प्रतियोगिताको लागि कतारी खेलाडीहरु कुवेत हुँदै  युएई जानुपरेको थियो। त्यस्तै खेल हेर्न आउने कतारीलाई आफ्नो नागरिकको स्पोन्सर लिनुपर्ने युएईले बताएको छ ।

त्यस्तै कतारले प्रतियोगितमा राम्रो प्रदर्शन गरेपछि युएई र साउदी अरेबियाको टाउको दुखाईको बिषय बनेको छ। अझ कतार विरुद्ध साउदी अरेबिया (२-०) बिच भएको खेलमा हजार बढी ओमानीहरुले कतारको समर्थन गरेपछि युएईले यस्तो कदम चालेको हुनसक्ने धेरैले अड्कलबाजी गरेका छन् ।

कतारी समर्थक लाई लगाइएको रोक बारे विश्वब्यापी आलोचना भइरहेको छ । खेलमा राजनीति घुसाएको बारे एएफसीले कारवाही गर्ला नगर्ला भने हेर्न बाँकी रहेको छ ।

एएफसी एसियन कप २०१९ अन्तर्गत भोलि कतारी समय अनुसार बेलुका ५ बजे कतार विरुद्ध युएईको सेमिफाइनल खेल हुँदैछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button