कडा हावाहुरी संगै छिटफुट वर्षाको सम्भावना

आज अपरान्ह बाट बिहिबार बिहान सम्म कडा हावाहुरी चल्ने भएको छ। साथै देशको केही स्थानमा छिटफुट वर्षाको सम्भावना पनि रहेको कतारको मौसम विभागले बताएको छ ।
विभागले हिजो एक सूचना प्रकाशित गर्दै उत्तरपश्चिमि वायुको प्रभावले गर्दा मौसम परिवर्तन हुन लागेको बताएको छ । कडा हावाहुरीका कारण प्रतक्ष्यता घटेर ३ किलोमिटर भन्दा कम रहनेछ।

यस अवधिभर कुनै पनि समुन्द्री क्रियाकलाप नगर्न विभागले सावधान गरेको छ। मौसम बारे अपडेट लिन विभागको आधिकारिक सामाजिक सन्जाल फलो गर्न विभागले अनुरोध गरेको छ ।