युएईलाई हराउँदै कतार एसियन कपको फाइनलमा

कतारले आज एतिहासिक जित हासिल गरेको छ। जारी एएफसी एसियन कप अन्तर्गत आज भएको खेलमा कतारले युएई लाई ४-० ले पराजित गरेको छ ।
युएईको राजधानी अबुधबिस्थित मोहम्मद बिन जाएद रंगशालामा भएको आजको खेलमा कतारको लागि २२ आैं मिनेटमा खौखी,अल्मोएज अलिले ३७ आैं ,हस्सन अलि हेदोस ८० आैं र हमिद इस्मैलले ९३ आैं मिनेटमा गोल गरेका थिए ।
खेलमा हार बेहोरेपछी युएई समर्थकले कतारी खेलाडीलाई पानीको बोतल र चप्पल प्रहार गरेका थिए ।
जारी प्रतियोगितामा कतारले कुनै गोल खाएको छैन । कतारले आगमी फाइनल खेल शुक्रबार जापान सङ बेलुकी ५ बजे खेल्दैछ ।