डिजलको भाउ घट्यो

फेब्रुअरी महिनामा डिजलको भाउ घट्ने भएको छ। भोलि शुक्रबार १ तारिक बाट लागू हुनेगरी दिजलको मूल्य ५ दिरहामले घट्नेछ । त्यस्तै प्रिमियम र सुपर पेट्रोलको भाउ जनवरी महिना जस्तै यथावत रहने कतार पेट्रोलियमले जनाएको छ ।

भाउ घटे सँगै दुई पेट्रोल को भाउ यथावत रहि सुपर पेट्रोलको प्रति लिटर १.५५ र प्रिमियम पेट्रोल प्रती लिटरको १.५० कतारी रियाल पर्नेछ । त्यस्तै डिजेलको भाउ १.७० रियाल रहनेछ ।
सन् २०१६ को अप्रिल महिना देखि विश्व बजारको प्रतिकृया अनुसार कतारमा तेलको भाउ घटबढ हुने सरकारले निर्णय गरेको थियो । त्यसका लागी हरेक महिना सरकारी प्रतिनिधिहरुबाट समिती गठन गरी कतारमा तेलको भाउको समिक्षा गर्ने गरिन्छ । कतारमा तेलको भाउ बढ्नु अघि प्रीमियम पेट्रोलको १.२०, सुपर पेट्रोलको १.३० र डिजलको १.४० कतारी रियाल प्रति लिटर रहेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो