कतारले जित्ला त “एसियन कप २०१९” ?

एएफसी एसियन कप २०१९ को आज फाइनल खेल आज हुँदैछ । अबुधबीस्थित जाएद स्पोर्ट्स सिटी रंगशालामा आज कतार र जापानले आमनेसामने गर्दैछ । कतारी समय अनुसार बेलुका ५ बजे खेल सुरु हुनेछ।

एसियन कपमा कतारको इतिहास

जम्मा २४ टिम सहित आयोजना भएको यस वर्षको प्रतियोगितामा कतार समूह ‘ई’ मा परेको थियो। जसमा समुहको शीर्ष स्थान बन्न कतारले लेबनानलाई २-० ,उत्तर कोरियालाई ६-० र साउदी अरेबियालाई २-० ले हराएको थियो। त्यसपछिको अन्तिम १६ मा इराकलाई १-० , क्वाटरफाइनलमा दक्षिण कोरियालाई १-०  र सेमिफाइनलमा आयोजक युएईलाई ४-० ले पाखा लगाउन सफल भयो।

सन्  १९५६ बाट सुरु भएको एसियन कपमा कतारले हालसम्म दस पटक भाग लिएको छ। जसमा कतार यो भन्दा अगाडि (२०१० र २०११) दुई पटक मात्र क्वाटरफाइनल सम्म पुगेको छ । जारी प्रतियोगितामा कतारले एक गोल पनि नखाई जम्मा १६ गोल गरेको छ भने प्रतियोगिताकै सर्वाधिक गोल गर्ने खेलाडी कतारको अल्मोएज अलि रहेका छन् ।

 

ठुलो स्क्रिनमा कतारमा कहाँ कहाँ बाट खेल हेर्न सकिन्छ ?

१.कतारा इस्प्लानादे

२.एस्पायेर पार्क (ताल पछाडि)

३.शेरातन पार्क

४.पर्ल कतार

५.सौक वकिफ

६.मल अफ कतार

७.मिशेरिब दावोन्तोउन

८.तोर्बा मार्केट (एदुकेसन सिटी )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button