“एएफसी एसियन कप २०१९” को उपाधी कतारलाई

कतारले पहिलो पल्ट एसियन कपको उपाधी जितेको छ । आज अबुधबिस्थित जायेद स्पोर्ट्स सिटी रंगशालामा भएको फाइनल खेलमा कतारले जापानलाई ३-१ गोल अन्तरले हराएको छ ।
कतारको जितको लागि अल्मोएज अलिले खेलको १२ अाै मिनेटमा पहिलो गोल गरेका थिए । त्यस्तै खेलको २७ आै मिनेटमा अब्दुलजिज हातिमले गोल गरे। खेलको ८३ आै मिनेटमा जापानी खेलाडीको हातमा लागेर पाएको पेनाल्टीको सदुपयोग गर्दै अक्रम अफिफले गोल गर्न सफल भए ।

जित संगै कतारको अल्मोएज अलि सार्वधिक गोलकर्ता संगै उत्कृष्ट खेलाडी बनेका छन् । त्यस्तै कतारकै साद अल शिव उत्कृष्ट गोलरक्षक बन्न सफल भए । उनले प्रतियोगिता भरी जम्मा १ गोल मात्र खाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो