एकैदिन ४ जनाको मृत्यु,थपिए ३१५ संक्रमित

गएको २४ घण्टामा ३१५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र २८४ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,१३,२६२ पुगेको छ ।
भाइरसको कारण आज एकैदिन थप ४ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ४,१०६ जनालाई परिक्षण गरिएको थियो ।
कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या १८८ पुगेको छ र निको हुनेको संख्या १,०९,९९३ रहेको छ । सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – ४८ जना
अस्पतालमा उपचार भैरहेका जम्मा – ४२८ जना
आईसीयुमा भर्ना भएका – २ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – ७५ जना
आज सम्म जाँच भएको संख्या – ५,२४,४६६ जना
निको हुन बाँकीको संख्या : ३,०८१ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।